नेपाल आइडल सिजन ३ को फाइनल आज : कसले जित्ला आइडलको उपाधी

१२ भदौ, काडमाडौ । तेस्रो नेपाल आइडलको फाइलन शुक्रबार हुदैँ छ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । यो प्रतियोगिता सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन हुनेछ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । अन्य हप्ताको कार्यक्रम जस्तै शुक्रबारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने छ । नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिन्छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

सज्जा चौलागाईं 

मोरङ पथरीकी सज्जा चौलागाईं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो । लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो ।
गाएर कमाएको पहिलो कमाइ पाँच सय  थियो । उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन ।सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो ।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई । गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् । हरेक प्रतियोगी एकसे एक भएकाले आफू नै विजेता बन्नेमा ढुक्क भने छैनन् उनी । ‘टप फाइभमा पुग्नु पनि ठूलो उपलब्धि हो’, उनले सुनाइन् ।

प्रवीण बेडुवाल

बर्दिया राजापुरका प्रवीण नेपाल आइडल सिजन–३ का अब्बल प्रतियोगी हुन् । कार्यक्रममा उनको स्वर र प्रस्तुतिले निर्णायक तथा दर्शकको मन जितेको छ । शास्त्रीय संगीतका विद्यार्थी बेडुवाल जब नेपाल आइडलको स्टेजमा उत्रन्छन् उनी आफूलाई नै बिर्सन्छन् । गायन अवधिभर गीतमै डुब्छन् । हरेक इपिसोडमा अब्बल गाउने प्रवीण शान्त स्वभावका छन् ।

उनी भारतको तमिलनाडुमा हुर्किएका हुन् । इन्डियन आर्मीमा आबद्ध उनका बुवाले गायनका लागि उनलाई कहिल्यै सहयोग गरेनन । उनका बुवाले प्रवीण पनि आर्मीमै जागिर खाओस् भन्ने सोच्थे । बुवाले भनेपछि कसैले पनि नाइँ भन्न सक्दैनथे । प्रवीण गाउन नछाड्ने, उनका बुवाले गीत गाएको सुन्न नसक्ने । बुवाले एक दिन प्रवीण सामु एउटा प्रस्ताव राखे । ‘प्रवीण कि गाउन छाडिदे कि घर रु प्रवीणले घर नै छाडिदिए । त्यसपछि हजुरआमासँग बसे । उनका हजुरबुवा सानोमै भारत पसेका थिए । उतै व्यापार गरे । छोराछोरी उतै हुर्काए । तर पनि उनलाई भनिरहन्थे, ‘यो हाम्रो ठाउँ होइन है । नेपालमै फर्कनुपर्छ, केही गर्नुपर्छ ।’ नेपालमै सरकारी जागिर खानुपर्छ भन्ने सोच थियो । हजुरबुवा आफ्नै देशमा काम गर्न उक्साउँथे । यसैले पनि प्रवीणमा नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो ।

प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा उनले ब्याचलर्स गरेका छन् । संगीतलाई अगाडि बढाउने भन्दै उनी नेपाल पनि आएका थिए तर यहाँको वातावरण राम्रो लागेन उनलाई । उनी तमिलनाडु नै फर्किए । त्यहाँ गएपछि पनि उनी गीतसंगीतमै निरन्तर लागिरहे । उनलाई परिपक्व गायक बन्नु थियो ।

नेपाल आइडल सिजन–३ को अडिसन चलिरहेको थियो । बुटवल अडिसन हुँदा उनी चितवनमा थिए । नेपाली गीतसंगीत सुनेर हुर्किएका प्रवीण नेपाली भाषाका गीत पनि उत्तिकै राम्रो गाउँथे । उनका नेपाली साथीले नेपाल आइडलमा जाने सल्लाह दिए । उनी पहिलो टेकमै छनोट भए । काँचो फलफूल बजारमा लग्यो भने कसैले किन्दैन भन्ने विचार राख्ने प्रवीण परिपक्व बनेर मात्रै संगीतमा आउनपर्छ भन्ने सोच राख्थे । यसैले पनि निकै मेहनत गरिरहेका छन् । त्यसैले त उनका हरेक प्रस्तुति अब्बल हुने गर्छन् । उनलाई जित्नैै पर्छ भन्ने लाग्दैन । नेपाल आइडल एउटा उचित प्लेटफर्म भएकाले यहाँसम्म पुग्नु नै आफ्ना लागि विशेष उपलब्धि भएको ठान्छन् उनी ।
किरणकुमार भुजेल

महोत्तरी बर्दिबासका हुन्, किरणकुमार भुजेल । उनी वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन् । पुनरागमसँगै उनले कार्यक्रममा तहल्का पिटिरहेका छन् । उनले सबै कार्यक्रममा दमदार प्रस्तुति दिएका छन् । उनी केही वर्षदेखि नेपाली संगीतमा संघर्ष गरिरहेका थिए । सामान्य किसान परिवारमा हुर्किएका किरणलाई संगीत सिक्ने रहरले संघर्ष र अभावको बाटोमा लामै हिँडएको छ । नेपाल आइडल आउनुअघि नै उनले केही गीत सार्वजनिक गरिसकेका थिए । कुशल गायक बन्ने सपनाले उनलाई अभावको बाटो पार गर्न हौसला दियो ।

गाउँमा भैंसी चराउन जाँदा होस या धान रोप्न खेत पस्दा होस् उनले दाजु सुमनसँगै गीत गाउने अभ्यास गर्थे । इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर उनले नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे । आज उनको त्यो सपाना नेपाल आइडलले साकार पारिदिएको छ ।

नेपाल आइडललाई सुरुआतदेखि नै पछ्याएका भुजेल पहिलो सिजनमा थिएटर राउन्डसम्म पुगेर बाहिरिएका थिए । पिठ्यूँमा स्याउलाको भारी बोलको कर्णप्रिय गीत गाउँदै सिजन— ३ को अडिसनमा छनोट भएका थिए उनी ।
उनीभित्रको गायन क्षमताले उडानको सपना देखिरहेको थियो । उनी संगीत सिक्न काठमाडौंको ललितकलामा भर्ना भए । अनि मात्रै सुरु भयो उनको सांगीतिक संघर्ष ।

यो सामाचार आजको अन्नपुर्ण पोष्टमा छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.