विद्यार्थी जीवन चुनौती र अबसर

चीनको वुहान शहरबाट प्रारम्भ भएको भनिएको कोरोना भाईरसकोभिड–१९ को संक्रमण तिब्र रुपमा विश्वव्यापी बनिरहेकोछ । यस भाइरसको बिरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपालसहित विश्वका धेरै जसो मुलुकहरु लकडाउनको अवस्थामा रहेकाछन् । नेपालमा अहिले सम्म संक्रमणको तिब्रता कम देखिए पनि छिमेकी मुलुक भारतमा तिब्र रुपमा फैलिरहेको संक्रमण नेपालको लागि पनि जोखिमपूर्ण रहन सक्ने सम्भावना सहित विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणको उच्च जोखिम रहेको मूलुकको रुपमा राखेको छ । यस अवस्थाकोे असहज परिस्थितीले प्रभावित भएको दैनिक मानवीय जीवन, विकास निर्माण, सामाजिक विकास तथा गतिशिलताका धेरै पक्षहरु मध्ये शिक्षा एउटा महत्वपूर्ण पक्ष हो ।

चूनौती र अवसर

सम्भावित संक्रमणका जोखिमलाई ध्यान दिई लकडाउन भन्दा पहिले नै नेपालमा शैक्षिक वर्ष २०७६ को विद्यालय तहको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा पटक–पटक मिति परिवर्तन गर्दै निर्धारित समय भन्दा पहिले हतार र त्रासको बिचमा सम्पन्न गरियो । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिने कक्षा ११ र १२को राष्ट्रिय परीक्षाहरु अर्को सूचना नभएसम्मको लागि रोकिएकोछ ।
लकडाउनको कारण विश्वको अन्य मुलुकमा जस्तै नेपालमा पनि स्कूल कलेज तथा विश्व विद्यालयहरु बन्द गरिएका छन् । विद्यालयहरु क्वारेन्टिनको रुपमा राखिएको तथा आवश्यकता अनुसार राख्ने व्यवस्था गरिएकोछ । गत शैक्षिक सत्रको नतिजा प्रकाशित गरिएकोछैन । हतार–हतार र त्रासको बिचमा पटक–पटक मिति सार्दे सञ्चालन गरिएको वार्षिक परीक्षाको परिणाम पनि विद्यार्थीहरुको चिन्ताकै विषय बनेकोछ ।

विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुमा मनोवैज्ञानिक सन्त्रास व्याप्त रहेकोछ । यसैगरी सामुदायिक विद्यालयमा पढ्ने धेरै जसो विद्यार्थीहरु दैनिक ज्याला मजदुरी गर्ने न्युन आय वर्गका परिवारका छन् । लकडाउनको यस परिस्थितीमा उनीहरुको परिवारमा हातमुख जोर्नेसमस्याले विद्यार्थीहरुमा पर्ने मनोवैज्ञानिक असर र त्यस पछिको सिकाइमा यसले पार्ने गम्भीर असर अर्को महत्वपूर्ण पक्ष हो ।यसैगरी, शहरबजार तथा उद्योग धन्दा बन्द भएपछि बसेको स्थानबाट अभिभावकसँगै पुरानै थाँतथलो जाने विद्यार्थीहरुको संख्या धेरै नै छ । पूर्ववत रुपमा उनीहरु पुरानै विद्यालयमा कति फर्कन सक्छन् कतिले बिचैमा पढाइ छाड्छन गम्भीर ध्यानाकर्षणको विषय हो ।

यस महामारीको कारण अप्रत्याशित रुपमा बन्द भएको शिक्षण संस्थाहरु विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा यसको संक्रमणबाट हामी पूर्ण रुपमा सुरक्षित छौं भन्ने मानसिक अनुभुति नभए सम्मपूर्ववत सहजरुपमा सञ्चालन हुन कठिन हुने भएकोले शैक्षिक सस्ंथाहरु कहिले र कसरी खुल्न सक्छन् अझै भन्न सकिने अवस्था छैन । विद्यालयहरु कहिले देखि कुन रुपमा सञ्चालन हुन्छन् भन्ने यकिन नभई विद्यालयका वार्षिक शैक्षिक तथा शैक्षणिक योजनाहरु समेत निमार्ण हुन सकिरहेको छैन ।
शैक्षिक सत्रलाई खेर जान नदिनका निम्त अपनाएको बैकल्पिक माध्यम अनलाइन कक्षामा पनि विभिन्न किसिम का चुनौती विद्यार्थी ले सामना गरिराख्नु परिरहेको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.