“प्रेमगीत ३” निर्देशक छेतन गुरुङको निधन

२४ भदौ, काठमाडौँ । चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको निधन भएको छ । मंगलवार विहान २ः०० बजे काठमाडौंको मेट्रो अस्पतालमा वहाँको ४२ वर्षको उमेरमा निधन भएका होे । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि वहाँलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । वहाँको उपचारको क्रममा निधन भएको हो ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’लगायत चलचित्रको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङले चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा हात हाल्नु भएको थियो । वहाँ निर्देशित नयाँ चलचित्र ‘प्रेमगीत ३’ गत बर्षको चैत्र महिनामा प्रर्दशनीमा आउने तयारीमा थियो,जुन कोरोनाको कहरका कारण प्रर्दशन रोकिएको थियो । लकडाउनमा कारण यो चलचित्र प्रदर्शनमा आउन नसकेपछि वहाँ केही महिनायता चलचित्र ‘हुतुतु’ को तयारीमा हुनुहुन्थ्यो । यो चलचित्र पनि गुरुङ आफैंले निर्देशन गर्ने तयारीमा हुनुहुन्थ्यो ।

तर त्यसभन्दा अगाडी नै वहाँले संसारबाट विदा लिनुभयो । वहाँको निधनले नेपाली सिनेजगतमा शोक छाएको छ । वहाँको भौतिक शरिर हामी माझ नरहे पनि नेपाली चलचित्र क्षेत्रमा वहाँले पु¥याउनुभएको अतुलनिय योगदानका कारण नेपाली दर्शकमाझ वहाँ सदैव अमर रहनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.