गीत “न्याय मरेको देश”को पहिलो पोष्टर सार्वजनिक 

२६ कार्तिक, काठमाडौँ । राईज एण्ड साईन क्रिएशनको पहिलो प्रस्तुती “न्याय मरेको देश” गीतको पहिलो पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा कलाकार लक्ष्मी बर्देवा फिचर्ड छिन् । न्याय मरेको देश गीतमा राजेश पौडेलको शब्द, दिनेश मुस्कानको संगीत तथा चर्चित गीत बोल मायाकी गायिका शान्ति श्री परियारले स्वर दिएकी छिन् ।

त्यस्तै उत्तम हुमागाईको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, रहेको यस गीतलाई निर्मात्री रश्मी शाक्यले निर्माण गरेकी हुन् । यस अघि थुप्रै म्युजिक भिडियो तथा “बाँध मायाले” ठूलो पर्दाको चलचित्र समेत निमार्ण गरिसकेकी निर्मात्री शाक्य यो गीतबाट आशावादी रहेको उनी बताउँछिन् ।

गीतको म्युजिक भिडियोमा कलाकार लक्ष्मी बर्देवा, वरिष्ठ कलाकार सुशिल पोखरेल, शाक्षी लम्साल, दिनेश मुस्कान, पुजन घिमिरे लगायतको अभिनय रहेकोछ । तिहारपछि सार्वजनिक गरिने यस गीतको कन्सेप्ट तथा डाईरेक्शन संचारकर्मी बिना श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.