आनन्द कार्कीको “उनी बोल्दिनन् अचेल”

१८ मंसिर, काठमाडौँ । नेपाली संगित क्षेत्रका गजल सम्राट आनन्द कार्कीले उनी बोल्दिनन् अचेल… बोलको गीत दर्शक तथा श्रोता माझ छिट्टै लिएर आउँदै हुनुहुन्छ । देवेन्द्र केसीको शब्द, वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा कार्कीले स्वर दिनु भएको छ ।
राईज एण्ड साईन क्रियशनको प्रस्तुती, यस गीतको निर्मात्री रश्मि शाक्य हुनुहुन्छ । गीतको म्युजिक भिडियोको कन्सेप्ट तथा डाईरेक्सन संचारकर्मी बिना श्रेष्ठको रहने छ ।

यी हल्लाहरु हुन् तिमीले सुनेका… गजल गीतबाट गजल सम्राटको उपमा समेत पाउनु भएका आनन्द कार्कीले चालिसको दशकदेखि नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउँदै आउनु भएको छ । उहाँका गीतहरु सुन– सुन मायालु जोडी हो , भरे आउछु सपनीमा पर्खी राख है , माया नै माया दिन्छु,खुशी नै खुशी दिन्छु, जुनी –जुनी जीँउलासँगै भाकेर वर पीपलु लगायतका थुप्रै गीतहरु सदावहार छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.