२४ घण्टामा १ हजार २ सय १७ कोरोना सङ्क्रमित थपिए

२६ मंसिर, काठमाडौँ । नेपालमा कोरोना भाइरस कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । बिहीबार थप एक हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ६४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको छ ।

अब नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय १५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १२ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.