पुस १० गतेदेखि सिनेमा हल खोल्न नेपाल चलचित्र संघको घोषणा

२९ मंसिर, काठमाडौं । चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुस १० गतेदेखि खोल्ने नेपाल चलचित्र संघले घोषणा गरेको छ । हल व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा गरेका हुन् । आफूहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै संघका अध्यक्ष मधुसुदन प्रधानले एकतर्फी रुपमा भए पनि हल खोल्ने घोषणा गर्नु परेको बताउनुभयो ।चैतबाट सिनेमा हल बन्द हुँदा व्यवसायीलाई २ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको उनको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्