सौन्दर्य विधामा सफल सुष्मा

१५ पुस, काठमाडौं । सौन्दर्यकर्मी पनि व्यवसायी बन्न सक्छन् भन्ने बलियो उदाहरणको पात्र बन्नु भएको छ, सौन्दर्यकर्मी सुष्मा महरा । महरा फेसियल हाउसकी प्रबन्ध निर्देशक हुनुहुन्छ । हिजोका दिनमा झिनो आशा अनि सीमित सपना बोकेर सौन्दर्य पेशामा आवद्घ हुनु भएकी सुष्मा हाल धेरैलाई रोजगार दिलाउन सफल हुनुहुन्छ ।

सुष्माले काठमाडौमा मात्र नभई उपत्यका बाहिर समेत फेसियल हाउसको शाखा बिस्तार गर्नुभएको छ । संस्थाकी प्रबन्ध निर्देशक महराको सभापतित्वमा आयोजित कार्यक्रममा सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य एवम रत्न तथा आभुषण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ,नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खड्का नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ र वरिष्ठ सौन्दर्यविद् प्रा. डा.राजश्री श्रेष्ठ लगायतको उपस्थिति थियो ।कार्यक्रममा फेसियल हाउसबाट सौन्दर्य कला तालिम लिने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुको साथै पत्रकार, कलाकार, समाजसेवी लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

साथै वरिष्ठ सौन्दर्यविद् प्रा. डा. राजश्री श्रेष्ठ तथा कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नु भएको थियो । यसले महिला उद्यमशीलताको क्षेत्रमा अग्रसर हुने प्रेरित गर्ने बताउनु भएको थियो । कार्यक्रममा विशेष अतिथि नेपाल महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको चर्चा गर्दै सुरक्षित भएर व्यवसाय गर्न सुझाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.