आमा ! आमा यो देशमा के मैले न्याय पाउँदिनँ ? अब मलाइ सम्झेर नरुनु . . .

आमा म अरु दिनजस्तै स्कुल जान्छु भनी हिडेकी थिएँ । बाटोमा एक्लै थिएँ । पूरै जङ्गलको बाटो थियो । घरहरू बिरलै देखिन्थे । मान्छेहरुको आवतजावत धेरै कम भएको थियो । स्कुलबाट आउँदा जहिले पनि त्यो ठाउँमा फोटोहरु खिच्ने गरिन्थ्यो । त्यही एक फोटोमा घरको सारा दुस्ख – पिडा कम भएको अनुभव हुन्थियो । स्कुलको थकान पनि मेटिन्थियो । मेरो लागि स्वर्गभन्दा प्यारो ठाउँ थियो आमा ! त्यही ठाउँमा मेरो अन्तिम लास भयो आमा !
हो आमा ! म धेरै रोएकी थिएँ, कराएकी थिएँ । मेरो आवाज विलयन भयो । कसैले सुनेन मेरो आवाज । रुँदै कराउँदै ती राक्षसको पञ्जाबाट भाग्ने कोसिस गर्दै थिएँ आमा १ मैले भाग्न सकिनँ । मलाइ जङ्गलतिर लगेर ‘ मेरो इ’ज्जत लु’टियो । म पीडामा छट्पटाएकी थिएँ ।भगवान् पनि मान्छेजस्तै निरगुनी भइसके आमा ! मेरो पीडा भगवानले त देखेन, त्यस्तो आवस्थामा पनि मप्रति दया पलाएन भगवानलाई । झन् ती राक्षसहरुलाइ त काँबाट दया हुन्थ्यो र ? मेरो आत्मालाइ न्याय दिलाउने कोहि छैन आमा ! एक महिना अगाडी बुवाले छोडेर गएको त्यो सेतो कपडा मेरो आमाको शरीरमा कसैले देख्दैन । सोझोपन लुटियो त्यही मैकामा, जब मेरो घरमा कोही थिएन । पापीहरुले ज’बरजस्ती गरे । उनीहरुलाइ थाहा थियो, यसले जति कराए पनि आवाज सुन्ने कोही छैन भनेर । अन्त्यमा मेरो घाँटी थि’चेर प्राणै लिए । अनि जङ्गलको झाडीमा फालिगए । आमा ! मैले न्याय पाउन सक्दैन के अब रु नेपाल बन्द हुँदा सवारी साधन जलाउन सक्ने देशमा बलात्कारिलाइ जलाउन सक्दैनन् ।
फेरि यी ह’त्याराहरुले अर्की चेलीको पनि मेरोजस्तो हालत बनाएर लुक्नेछन् आमा । म जस्तै लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा घाटि नि’मोठ्नेछन् । आमा मप्रति धेरै सङ्का गर्या होला गाउँलेहरुले । म बेलुकीसम्म घर नआउँदा धेरैले गाली गर्या होला । घरकी एक्ली छोरी कहाँ गइ, किन घर आएन रु तर म त त्यही राती सुनसान जङ्गलको झाडीमा सदाको लागि सुतिसकेकी थिएँ आमा ? मैले ४ दिन अगाडि फेसबुकमा लेखेकी थिएँ( घमण्ड नगर्दा हुन्छ, हामी पृथ्वीका पाहुना हुँ मालिक होइन । आज त्यही पाहुनासरी अस्ताएँ, मलाइ माफ गरिदेउ आमा ! मेरो खुशी लुटियो आमा, मेरो इज्जत लुटियो । मेरा तस्बीरहरू आज सबैको वालमा श्रद्धाञ्जली लेखिएर आए । तर मैले न्याय पाउँदैन होला, तबसम्म मेरो आत्मा तडपिरहने छ आमा ! जबसम्म ती पापीहरुलाइ का’रबाही हुँदैन । अब नरोउ आमा ! म यो ससारमा छैन ।
प्रतिक्रिया राख्नुहोस्