म फर्किदैन आमा …..

२१ गते बुधबार को दिन बिहानै उठेर स्कुल जान तयार हुँदा मैले मेरो आमालाई आमा मेरो स्कुल जान ढिला हुँदै छ, मेरो एक चुल्ठो तपाईं बाटिदिनु अर्काे मै बाटुला, भन्दै मपछि स्कुलबाट फर्केपछि मिल जाउँला, आमा गहुँ सुकाएर बोरामा हालिदिनु भन्दै म घरबाट स्कुल पुग्दासम्म एक्लै जङ्गल को बाटो हिडे मानिसहरुको आवतजावत पनि कम थियो । स्कुलबाट घर फर्किदा त्यही जंगलमा फोटोहरु खिच्ने गथ्र्याै, पछि ती फोटा फेसबुमा पोष्ट गर्दै साथीहरूबीच कमेन्ट गर भन्त्यौ, कमेन्ट नगरे रिसा झै गर्दथ्यौ । त्यही एक फोटोको भरमा म सारा दुःख बिर्सिन्थे, आमा मलाई आमाभन्दा प्यारो ठाउँ थियो आमा त्यही प्यारो ठाँउमा मेरो अन्तिम जीवनको अन्तिम घडी भयो । ऋामा, म धेरै रोएँ कराएँ,मेरो आवाज कसैले पनि सुनेनन, रुदै कराउदै ती राक्षसको हातबाट मेरो सास छउन्जेल भाग्ने कोशीस त गरे । तर, अन्तमा ती नरभक्षी राक्षसहरुले मेरो अस्मिता लुटे । मलाई कति धेरै पीडा भयो, आमा ।

त्यति धेरै पीडामा निष्ठुरी भगवानले पनि नदेखै झै ग¥यो । ती राक्षसहरुको अधर्मलाई कसैलाई छेक्न सकेन र अन्तमा मेरो प्राण पखेरु लिएरै छाड्यो । भगवान पनि मान्छेजस्तै निर्दयी भैसके छन् । मेरो बुवा बितेको २ महिना नपुग्दै मेरो आमा सेतो कपडामा देखे, मेरो त्यो सोझो दाइ बहिनीको सुन्दर सपना सजाउन विदेशी भूमिमा पुगेको बेला ममाथि यति धेरै विघ्न अन्याय भयो । मेरो परिवारको गरिबी र सोझोपनको फाइदा ती दुश्मनहरुले लिए । हाम्रो परिवारको सोझोपन र गरिबीमा काँधमा मेरो जीवन लुटे आमा। मेरो परिवारमा न्याय माग्ने कोही छैन, भनेर मलाई घाँटी निमोठेर बलात्कार र अन्तमा प्राण नै लिए दुष्टहरुले । मेरो प्राण लिएर मलाई प्यारो जंगलको झाडीमा मलाई फालियो आमा । आमा जबसम्म नेपालमा बलात्कारीलाई फाँसीकाको सजाय हुदैन, तबसम्म नेपाली चेलीहरु सुरक्षित रहने छैनन्,मैले न्याय पाउँदैन, ती राक्षसहरु अन्य चेलीको हत्या गर्न लुकेर बसेका छन्। आमा मेरो लाउँलाउँ खाउँखाउँ भन्ने यो कलिलो उमेरमा घाँटी निमोठेर हत्या ग¥यो आमा ।

आमा स्कुलको छुट्टी हुँदा सरासर घर पुग्थे ।बेलुकासम्म घर नपुग्दा मलाई गाउलेहरुले गाली गरे होलान, कयौले त बुवा बितेको एक महिना नपुग्दै पोइल गइ पनि भनेर गाली गरे होलान ।तर, म दुष्टहरुको नंग्राले लुछिएर त्यही प्यारो जंगलमा फालिएको थिए आमा । मेरो सारा सपना खशीसहित जीवन लुटियो । मेरो अस्मितामाथि दुष्टको विषालु नंग्राले छेदन गरियो । अन्तमा म हुुर्कैको घाँस दाउरा गाई गोठ गरेको जंगलमै कहिल्यै नफर्कने गरि फालियो र मेरो मृत्युको अप्रिय र अकस्मात खबरले सारा दुनियाँलाई स्तब्ध बनायो । मप्रति श्रद्धान्जली अर्पण गर्दै न्यायको आवाज उठाइरहेका छन् । यसर्थ आमा ती दुष्टमाथि कडा कार्बाही होस् । दुष्टहरुमाथि फाँसीको सजाय होस, जसबाट यस्ता दुष्ट र नरभक्षीहरुले म जस्ता कलिला यौवनलाई कहिल्यै नजर लागउने साहस नगरोस् । जबसम्म यी दुष्टहरुलाई फाँसीको सजाय हुदैन तब सम्म मेरो आत्माले शान्ति पनि पाउने छैन, आमा ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.