शिवको वास्तविक ”राधा” सार्वजनिक 

५ फागुन, काठमाडौं । गायक शिव पाण्डेको वास्तविक जीवनमा आधारित भनिएको “राधा” बोलको गीत यो साता सार्वजनिक भएको छ । सार्वजनिक भएको गीत स्वयम गायक पाण्डेको वास्तविक जीवनमा मेल खाने भएको गायकले बताउनु भएको छ । टिभी टुडे एचडी टेलिभिजनको “लोक आवाज” कार्यक्रममा बोल्दै गायक पाण्डेले जीवनमा घटेका घटनालाई गीतको माध्यमबाट पर्दामा उतारिएको बताउनु भएको छ। “राधा” गीतमा अहिलेकी चर्चित बाल कलाकार आयुषा गौतमको पनि स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा गायकद्वय शिव पाण्डे तथा आयुषा गौतमको अभिनय रहेको छ । म्युजिक भिडियोमा सारिका केसीको पनि अभिनय रहेको छ । शब्द, संगीत स्वयम पाण्डेको रहेको यस गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गर्नु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.