सोमबार सुनको मूल्य कति ?

३१ चैत्र, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट आएको छ ।
सोमबार सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.