प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

२ वैशाख, काठमाडौं । प्रधानमत्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागी थिए । ‘अहिलेसम्म भएको कामकारबाहीको समीक्षा भएको छ’ जसपा नेता लक्ष्मणलाल कर्णले भन्नुभयो । कार्यदलको बैठक साँझ ५ बजे फेरि बस्नेछ । एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.