कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो २ बजे बस्दै

६ बैशाख, काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । तयारी नपुगेको भन्दै हिजो स्थगित गरेको बैठक आज दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने पौडेलले बताउनुभयो । कांग्रेसको संस्थापन पक्षले आउँदो भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.