स्वास्थ्य मापदण्डसहितका नियम पालना नगरे कारबाही हुने

९ बैशाख, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्नु सबैको दायित्व भएको बताउनुभयो । घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम पालना नगरे कारबाही हुने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.