गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिइन्छ प्रधानमन्त्री ओली

९ बैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताउनुभएको छ । नेताहरूलाई सम्झाउनेरबुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिनुभयो । बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभयो । पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने भन्दै उहाँले अनुशासित भएर पार्टीमा काम गर्न खनाल समूहलाई आग्रह गर्नुभयो । पछिल्ला दिनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले असन्तुष्ट नेताहरूसँग एक्ला–एक्लै छलफल गर्दै आउनुभएको छ । बुधवार मात्रै उहाँले माधवकुमार नेपाल र खनाल–नेपाल समूहका अर्का नेता योगेश भट्टराईसँग छलफल गर्नुभएको थियो ।

यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ । ओलीले बिहीवार ९आज० नयाँ कार्यालयमा पदस्थापन पनि गर्नुभएको छ । बल्खुमा रहेको कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको हो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.