ओलीले बनाएको स्थायी कमिटीमा नेपाल समूह परेन, वामदेव गौतम कायमै

१० बैशाख, काठमाण्डौ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेता अटाएका छैनन् । वामदेव गौतमलाई भने कायमै राखिएको छ । स्थायी कमिटीमा अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत रहनुभएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ । एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आजै चयन गरेको स्थायी कमिटीलाई नेपाल–खनाल समूहका २७ सांसदलाई कारबाहीका बारेमा निर्णय गर्ने जिम्मा दिएको हो । बैठकले नेपाल–खनाल समूहमा रहेका नेताहरु सच्चिएर आए एमालेमै ठाउँ दिने पनि निर्णय गरेको छ । यस्तै कर्णाली प्रदेशका चार सांसदको एमाले पार्टी सदस्यता नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । फ्लोर क्रस गरेका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । त्यस्तै भुलवश फ्लोर क्रस गरेको स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.