चार सांसद र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

२३ बैशाख, काठमाण्डौ । प्रतिनिधि सभाका चार सदस्य र सङ्घीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आउँदो २७ गते बोलाइएको संसद् बैठकका लागि गरिएको पीसीआर परीक्षणका क्रममा चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । बुधवार हिजो सभामुखसहित एक सय २८ जना सांसदको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत गरी चार सय ८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.