कोरोना सङ्क्रमणबाट थप दुई सय २५ जनाको ज्यान गयो, नौ हजार चार सय ८३ सङ्क्रमित थपिए

२८ बैशाख, काठमाण्डौ । कोरोना सङ्क्रमणका कारण नेपालमा थप दुई सय २५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टा र यसअघिको विवरणसहित थप दुई सय २५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या चार हजार ८४ पुगेको छ । यस्तै २४ घण्टामा थप नौ हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० हजार पाँच सय ९६ पीसीआर र सात सय २० जनाको एन्टिजेन परीक्षण गर्दा नौ हजार चार सय ८३ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय २५ जना निको भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ९७ हजार आठ जना सक्रिय सङ्क्रमित रहेका छन् । काठमाण्डौ उपत्यकामा मात्रै गएको २४ घण्टामा तीन हजार नौ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा दुई हजार सात सय ८८, भक्तपुरमा पाँच सय ३७ र ललितपुरमा ६ सय दुई जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.