गोदावरी आर्याघाटमा दोस्रो दिन पनि सफाई

०३ जेठ, कैलाली । कैलालीको गोदावरी आर्याघाटमा दोस्रो दिन पनि सफाई गरीएको छ । गोदावरी आर्यघाट ब्यबस्थापन समितीले आइतबार र सोमबार सफाई अभियान गरेको हो । आर्यघाट वरपर सरसफाईको अभाबमा उक्त क्षेत्र दुघन्धित बनेको थियो । नगरपालिकाको डोजर र दमकलको प्रयोग गरी सफाई गरिएको समितीका अध्यक्ष कैलाश जोशीले बताउनुभयो ।

सो क्षेत्रमा कोरोनाको कारण ज्यान गुमाएकाहरुको अन्त्यष्टीका क्रममा जथाभाबी छरिएका पिपिइ तथा अन्य सामानहरू समेत नष्ट गरिएको छ । अभियानमा समितीका सदस्यहरु बिक्रम विष्ट, मान बहादुर बलायर तथा युवा संघका जिल्ला सदस्य तिलक भण्डारीको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.