‘हाम्रो गोदावरी, हाम्रो अभियान’ प्रभावकारी बन्दै : दुई दिनमै साढे सात लाख रकम संकलन

०४ जेठ,कैलाली । कैलालीको अत्तरियाका युवाहरु मिलेर सुरु गरेको ‘हाम्रो गोदावरी, हाम्रो अभियान’ प्रभावकारी बन्दै गइरहेको छ । अभियानमा सहयोगी हातहरु पनि बढ्दै गएका छन् । पछिल्लो समयमा भित्रिएको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड–१९ को महामारीले गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालमा सृजित अक्सिजन अभावलाई कम गर्न अत्तरियाका १२ जना युवा समाजसेवीहरु मिलेर संचालन गरेको सो अभियानमा अहिले देश विदेशवाट स्वातस्फूर्त रुपमा सहयोगीदाताहरु थपिदै गैरहेका हुन् ।

कोरोना बिरामीहरुको उपचार भैहरहेको मालाखेती अस्पतलमा अक्सिजन कन्सन्ट्रेटर ब्यबस्थापन गर्नका लागि थालिएको अभियानमा सहयोगीदाताहरु बढ्दै गइरहेको सो अभियानका अभियान्ता प्रमोद अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार हाल सम्म सो अभिायन अन्र्तगत ७ लाख ५० हजार रुपैया उठेको छ । दुई दिनको अबधिमा उक्त रकम उठेको अभियान्ता अधिकारीले बताउनुभयो ।

पहिलो दिन ३ लाख ८५ हजार रुपैया सहयोग रकम उठेको थियो भने दोस्रो दिन ३ लाख ३५ हजार रुपैया उठेको उहाले बताउनुभयो । यस्तो महामारीका बेला मानव जिवनको रक्षानै सबै भन्दा पहिलो कार्य भएको भन्दै उक्त अभियानमा अत्तरिया क्षेत्रका उधोगी , ब्यवासायी लगाएत देश बिदेशवाट नेपालीहरुले स्वातस्फूर्त रुपमा सहयोग गरीरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.