कृष्णपुर नगरपालीकाको प्राथमीकतामा कृषि : वडा नम्बर ६ का कृषकहरुलाई कृषि औजार बितरण

०९ जेठ, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालीका वडा नम्बर ६ का कृषकहरुलाइ कृषि सामाग्री बितरण गरीएको छ । कृष्णपुर नगरपालीका वडा नम्बर ६ मा रहेको छोट्की बन्जरीया कृषक समुहका कृषकहरुलाइ आइतबार कृषि सामाग्री बितरण गरीएको हो ।

कृष्णपुर नगरपालीकाको ५० प्रतीशत र छोट्की बन्जरीया कृषक समुहको ५० प्रतीशत बजेट गरी जम्मा १० लाख बराबारको ३ वटा हाते ट्रयाकटर (चम्फा), ७ वटा पानी तान्ने मटर र ३ वटा बिषाधी छर्ने स्प्रे बितरण गरीएको छोट्की बन्जरीया कृषक समुहका सचिव जित बहादुर कर्याकङग्रवाल जानकारी दिनुभयो ।

कृषि सामाग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालीकाका नगर प्रमुख कर्ण बहादुर हमालले नगरपालीका भीत्र रहेका कृषकहरुको हकहितका लागी बीभीन्न कार्यक्रमहरु ल्याएको बताउदै आज बितरण गरीएको कृषि औजारले कृषकहरुलाइ सहज हुनेमा बिस्वास ब्यक्त गरेका छन् ।

कृषि सामाग्री बितरण कार्यक्रममा कृष्णपुर नगरपालीकाका नगर प्रमुख कर्ण बहादुर हमाल, वडा नम्बर ६ का वडा अध्यक्ष नथ्थुराम चौधरी र स्थानीय कृषकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.