जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्थाद्धारा प्रेस बिज्ञप्ती जारी

जेठ १०,कैलाली । कैलालीको अत्तरीयामा रहेको जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्थाले बन अतीक्रमण गरी संस्थाको भवन निर्माण भैरहेको भन्ने बिषयमा फैलिरहेको समाचारको खण्डन गरेको छ । सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै संस्थाले बन अतीक्रमण गरी भवन निर्माण गरीएको बिषयमा आएका समाचारहरु प्रती खण्डन गरेको हो ।

संस्थाका सचिव जय बहादुर धामी द्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा “प्रदेश सरकार शहरी विकाश तथा भवन निर्माण कार्यालय अन्तर्गत रहि देश समाज परिवर्तनमा राजनीतिक आन्दोलनका घाइतेको जम्घट तथा भबिस्यमा रिह्याभ सेन्टर अपांग सहयोगि समाग्रि व्यवस्थापन आदि इत्यादी काम गर्ने उदेश्यले जनयुद्धका घाइते अपागं संरक्षण मञ्च संस्था समिति मार्फत काम हुदा केहि समाजमा राम्रो काम देख्न नसक्ने आफु भए सबै थोक हुने नभए केहि होइन जस्ता ब्यक्तीहरुले रिसले मिडियावाजी वदनियत गराउन निच सोचका साथै बिभीन्न सम्बन्धीत कार्यालयहरुलाइ जोडी सामुदायीक बन, इलाका वन कार्यालय, प्रदेश सरकार शहरी विकाश तथा भवन निर्माण कार्यालयका कर्मचारीहरुलाइ धम्काइ काम रोक्न गरीएको मिडियावाजीको घोर भत्र्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको छ, भनी उल्लेख गरीएको छ” ।

पछिल्लो समय कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी सामुदायीक बनभित्र संस्थाको पक्की संरचना निर्माण थालिए पछि संस्थाले बन अतीक्रमण गरेको बिषयमा समाचारहरु आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.