खाद्यान्न महाअभियान अन्तरर्गत गोदावरी नगरपालिका – ४ का ३५ परिवारलाई खाद्यान्न सहयोग

जेठ १४, कैलाली । कैलालीको गोदावरी नगरपालिका – ४ का ३५ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । अत्तरियाक्षेत्रका २३ जना युवा तथा समाजसेवीहरु मिलेर सुरु गरेको खाद्यान्न महाअभियान अन्तरर्गत वडाको बन्दगडा, हाटखोली र मुरीभावरका ३५ परिवारका लागी खाद्यान्न सहयोग गरिएको हो । महाअभियान अन्तरगत शुक्रबार ३५ परिवारका १ सय ५५ जनाका लागी खाद्यान्न सहयोग गरिएको अभियानका अभियान्ता गणेश जिमि साउँदले जानकारी दिनुभयो ।

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाईरसले गर्दा दैनिक छाक टार्न समस्या परिरहेका उक्त परिवारहरुका लागी २८ कठ्ठा चामल र २८ किलो दाल सहयोग गरेको उहाले बताउनुभयो । कोरोना भाईरसको महामारी नसकिएसम्म अभियान जारी रहने हुदाँ अभियानलाई प्रभावकारी बनाउन सबैले सहयोग गरिदिन उहाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.