कोरोना भाइरसबाट थप ८१ को मृत्यु

२६ जेठ, काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणका कारण थप ८१ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ । बुधबार देशभर सक्रिय सङ्क्रमितको संख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन । यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय १५ जनामा सङ्क्रमण पाइएको छ । ०००

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.