लागु ओषध सहित कञ्चनपुरमा एक जना पक्राउ

२६ जेठ, काठमाडौं । कञ्चनपुरमा प्रहरीले लागु ओषध सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार कञ्चनपुरको बेलौरी नगरपालिकाबाट लागु औषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन । संघिय प्रहरी ईकाई कार्यालय लागु औषध नियन्त्रण सेल धनगढी कैलाली हाल महेन्द्रनगर बाट विषेस सुराकीको आधारमा प्रहरी नायव निरक्षक धनन्जय मल्लको कमाण्डमा खटिएको टोलीले बेलौरी नगरपालिका ९ रतनपुर खजुवा बस्ति १९ वर्षिय गोपाल ठगुनना लाई १२.२० ग्राम लागु औषध सहीत पक्राउ गरेको छ । ठगुनना लाई ईलाका प्रहरी कार्यालय वेलडाडिमामा राखी आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.