पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण

३ साउन, काठमाण्डौ । अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उहाँकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइए पनि पुष्टि हुन बाँकी छ। पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको दाबी गरेका छन् । तर यसबारे कुनै पुष्टि भएको छैन । अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न गराएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.