निरङ्कुश प्रवृत्तिको पराजय भयो : माधव नेपाल

४ साउन, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरङ्कुश प्रवृत्तिको पराजय र नेपाली नागरिकको जित भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पाएपछि उहाँले नेपाली नागरिक, लोकतन्त्र र संविधानको जित भएको बताउनुभएको हो । नेता नेपालले भन्नुभयो, ‘संसदको यो निर्णयले पटक–पटक भएको प्रतिनिधि सभा विघटन गलत भएको पुष्टि भएको छ । ‘यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको थियो, तर त्यो असफल भइ निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको छ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.