टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

१३ साउन, काठमाण्डौ । टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री(स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । यस हिटमा नेपालसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन् । सिंह १३ औं दक्षिण एसियाली खेलकुद सागकी स्वर्ण विजेता पनि हुन् । टोकियो ओलम्पिकमा पौडीबाट सहभागी नेपालका एलेक्जेण्डर शाह एलेक्सले पुरुषको १ सय मिटर फ्री(स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर, उनी हिट चरणबाटै बाहिरिएका छन् । पाँचौ दिनका खेल सकिँदा आयोजक जापानले अग्रता बनाएको छ । अमेरिका र चीनलाई उछिन्दै जापान १० स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.