गुल्मीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

१३ असार गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्युु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरको जीप दुर्घटना भएको त्यहाँका वडाध्यक्ष ओम बहादुर केसीले जानकारी दिनुभयो। जीपमा १० जना सवार थिए । मृतक कसैको सनाखत भएको छैन । अरुको पनि मृत्युु भएको हुन सक्ने अनुमान छ । जीप सडकबाट ५ सय मिटर तल खसेको र के कति कारणले दुर्घटना भयो भन्नेबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.