मलयाली अभिनेत्री सरन्या शशीको दुखद निधन,३५ बर्षको उमेरमा फेरिन् अन्तिम सास

मुम्बई । मलयाली अभिनेत्री सरन्या शशीको सोमबार अथवा अगस्ट ९ मा एउटा निजी अस्पतालमा निधन भएको छ । उनको उमेर मात्र ३५ बर्ष थियो ।

उनी धेरै वर्षदेखि ब्रेन ट्युमरबाट पीडित थिइन्। उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । सरन्यालाई २०१२ मा आफुलाई ट्यूमर भएको पत्ता लागेको थियो । त्यसयता उनको ११ वटा शल्यक्रिया भइसकेको थियो । विगतमा  आर्थिक संकटको सामना गरिरहेकी सरन्यालाई उनका साथी र प्रशंसकहरुले उपचार को लागी चन्दा समेत संकलन गरेका थिए । ट्यूमरको उपचार सँगसँगै उनलाई यस बर्ष कोरोना भाइरसको पनि संक्रमण भएको थियो। संक्रमण निको भए पनि उनको अवस्था भने झन् झन् बिग्रदै गइरहेको थियो ।

भारतको कन्नूर जिल्ला निवासी उनले केहि फिल्महरुमा काम गरेकी थिइन् । उनी केरलाकी एक लोकप्रिय टिभी कलाकार पनि थिइन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले अभिनेत्रीको मृत्युमा शोक व्यक्त गर्दै सरन्याले यो रोगसँग साहसपूर्वक लडाई गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.