कंचना ३ की रुसी नायिका अलेक्जान्द्रा जावीको गोवामा मृत्यु, झुण्डिएको अवस्थामा भेटिइन्

८ भाद्र,काठमाडौँ । कञ्चना–३ कि अभिनेत्री तथा रसियन मोडल अलेक्जान्द्रा जावीको मृत्यु भएको छ । उनको शव भारतको गोवामा उनी बस्ने फ्ल्याटमा भेटिएको प्रहरीले जनाएको छ ।
उनी आफ्ना ब्वाइफ्रेन्डसँग गोवामा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । उनको शव किचनमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । उनको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ। केही समयदेखि मानसिक समस्या झेलिरहेकी उनी औषधि सेवन गरिरहेकी थिइन् । प्रेमीसँगको ब्रेकअपपछि उनी तनावमा थिइन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। उनले सन् २०१९ मा चेन्नईका एक फोटोग्राफरविरुद्ध यौन शोषणको मुद्दा दर्ता गरेकी थिइन् ।
एलेजान्द्राका प्रेमीले आफ्नो बयान दिइसकेका छन् । एलेजान्द्राका प्रेमी पनि उनीसँग अपार्टमेन्टमा बस्दथे र घटनाका बेला उनी बाहिर गएका थिए ।
प्रतिक्रिया राख्नुहोस्