मोटरहेड नयाँ टेक्केन आर २५० मोटरसाइकलको नेपाली बजारमा विक्री शुभारम्भ

१ असोज,काठमाडौँ । एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.ली (एसजी समूहको एक सहायक कम्पनी) ले मोटरहेड नयाँ टेक्केन आर २५० मोटरसाइकलको नेपाली बजारमा विक्री शुभारम्भ गरेको छ ।
नेपाल अटो डिलर एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलाल,एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे, एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेडका अध्यक्ष लोक हर्ष शाक्य, एसएलआर टेक्नो एण्ड ट्रेड प्राइवेट लिमिटेडका निर्देशक सुगम घिमिरेले टेक्केन आर २५० को विक्री शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रममा मिडिया, व्यापारी साझेदारहरु र बिभिन्न संस्थाको उपस्थितिरहेको थियो ।
नयाँ टेक्केन आर २५० को शुरुवाती मूल्य रु ४०५००० तोकिएको छ,जुन सीमित समय अवधिको लागी मात्र उपलब्ध हुनेछ । यो दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ । यो बाइक “हरेक सडकलाई चुनौती“ दिने किसिमले डिजाइन गरीएको छ । यसको उन्नत इन्जिन,कडा चेसिस-फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिश हेडलाइट्स, राम्रो डिजाइन, स्लीक शेप इन्डिकेटर्स,इनबिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउने र बिक्री पछिको सेवाको गुणस्तर बृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टीम संग निकट समन्वय गरि आउँदा दिनहरुमा पूरै नयाँ स्तरमा ग्राहकहरुलाई सन्तुष्टि दिने कुरामा कम्पनी विस्वस्त छ।
प्रतिक्रिया राख्नुहोस्