संविधान दिवसलाई थारू समुदायले कालो दिनका रुपमा मनाउने

३ असोज,धनगढी । देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् ।

संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताउनुभयो । ‘विगतदेखि नै आफुहरुले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएको र यस पटक पनि त्यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताउनुभयो । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।

थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको माधव थारूले बताउनुभयो । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.