नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

३ असोज,काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने उहाँले बताउनुभयो । आउँदो १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौमा एमालेको विधान महाधिवेशन हुँदैछ । यस्तै, बैठकमा पार्टीको आन्तरिक विषय र १० बुँदे सहमतिअनुसार नेताहरुको कार्यविभाजनको विषयमा पनि छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उज्यालो अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.