संविधान दिवसका अवसरमा तीन कैदीको सजाय मिनाहा

३ असोज,ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाका १ का हर्कबहादुर राई फुङलिङ नगरपालिका ३ का प्रेम लिम्बु र कुमार शेर्पाको बाँकी कैद मिनाहा गरिएको हो । तीनै जना कर्तब्य ज्यान मुद्दा (हत्या) मा कैद सजाय काटिरहेका थिए । ५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाको बाँकी कैद मिनाहा गरिएको ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताउनुभयो ।

१० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौ महिना कैद भुक्तान गरेको खवासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.