रुपन्देहीमा दशैंअघि ६५ हजारलाई कोरोना खोप लगाइने

२० असोज, बुटवल । रुपन्देहीमा १८ वर्षमाथिका ६५ हजार नागरिकलाई दशैंअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको असोज १८ को पत्रअनुसार जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको वैठकले असोज २२ र २३ गतेभित्रै सबै पालिकामा एकसाथ खोप लगाउने निर्णय गरेको हो ।

रुपन्देहीका लागि १३ हजार ८० थान भाइल खोप व्यवस्था भएको र १६ वटै स्थानीय तहलाई परिपत्र गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिनुभयो । १६ स्थानीय तहका ९९ स्थानमा खोप केन्द्र तोकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.