शाहरुखपुत्र आर्यन अझै १४ दिन हिरासतमै रहने

२२ असोज,काठमाडौं । शाहरुख खानका छोरा आर्यन खानलाई अझै १४ दिन न्यायिक हिरासतमा राखिने भएको छ।

‘मेट्रोपोलियन म्याजिस्ट्रेट कोट’ ले ड्रग्स मुद्दामा पक्राउ परेका आर्यन र अन्य ७ जनालाई अनुसन्धानको लागि अझै १४ दिन हिरासतमा राख्ने निर्णय गरेको हो। आर्यनका वकिलले उनको रिहाइको लागि निवेदन दिएका छन् । लागूऔषध मुद्दामा पक्राउ परेका उनलाई आइतबार समुन्द्री किनारमा क्रुज शीपमा भएको रेव पार्टीमा छापा मार्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो।

उक्त घटनामा भारत प्रहरीको नार्कोटिक्स कन्ट्रोल व्यूरो (एनसिबी) ले अन्य ७ जनालाई पनि पक्राउ गरेको थियो। अनुसन्धानको लागि ७ अक्टोबरसम्म हिरासतमा रहने भनिए पनि थप १४ दिन हिरासतमा रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.