हाँस्य कलाकार मनोज गजुरेल विवाह बन्धनमा

असोेज २६, काठमाडौँ । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ।

उहाँले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनुभएको छ । उहाँले मन्जु पोखरेलसँग विवाह गर्नुभएको हो।पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुनुहुन्छ । गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गर्नुभएका थियो ।बाबु नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो। यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो।

बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।” उहाँले भन्नुभयो ।

मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको र त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन्। उहाँहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताउनुभयो।

“सपरिवार मानवसेवा आश्रम (कौशलटार) मा रहेका बुवाआमालाई खाना खुवाएर खाएर विवाह सम्पन्न गरेका छौँ,”उहाँले लेख्नुभयो । “परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.