समयमा उपचार नपाउँदा बैतडीमा एक सुत्केरीको मृत्यु

५ कार्तिक,बैतडी । बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउपालिका ६ कि २१ वर्षीया पूजा थलालको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । कार्तिक १ गते सुत्केरी बेथा लागेर गोकुलेश्वर अस्पताल गएकी उनको अवस्था सामान्य थियो ।

उपचारकै क्रममा प्रेसर बढेर र पिसाबमा प्रोटिन देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताउनुभयो । उनलाई थप उपचारको लागि अस्पतालबाट डडेलधुरा रेफर गरिएको थियो ।

सोही दिन राति अविरल वर्षाले बैतडी डडेलधुरा सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा उनलाई समयमै अस्पताल पुयाउन नसकेर बाटोमै मृत्यु भएको उहाँले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.