गण्डकी प्रदेश सरकारले प्रदेशका सबै सरकारी अड्डाहरुलाई पेपरलेस बनाउने

३ मंसिर,काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै सरकारी अड्डाहरुलाई पेपरलेस बनाउने भएको छ ।

मन्त्रालय तथा सरकारी काम गर्दा सिस्टमहरुलाई डिजिटलाइट गर्ने निर्णय गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको छ । सरकारका प्रवक्ता कुमार खड्काकाले सरकारले डिजिटलाइजेसन सहित सरकारी अड्डाहरुलाई पेपरलेस बनाइने भएको जानकारी दिनुभयो । विपन्न वर्गका लागि कम्प्युटर तालिम सञ्चालनका कुरा यसमै समाहित भएको उहाँले जानकारी दिनुभयो । डिजिटल प्रदेश बनाउन २ प्रकारका निर्देशक समिति गठन गरेको छ ।

जसमा निर्देशक समिति र कार्यान्वयन समिति रहने छन् । निर्देशक समितिको अध्यक्ष मुख्यमन्त्री, मन्त्रीहरु सदस्य, प्रमुख सचिव योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायाधिवक्तासदस्य, मुख्यमन्त्री कार्यालयका सचिव सदस्यसचिवरहने व्यवस्था सरकाले गरेको छ । कार्यान्वयन समितिमा प्रदेशको कानुन मन्त्री अध्यक्ष, प्रमुख सचेतक योजना आयोगको उपाध्यक्ष, सम्पूर्ण प्रदेश सचिवहरुसदस्य र सचिवको जिम्मेवारी कानुन मन्त्रालयका सदस्य सचिव रहने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.