स्पेनिस ला–लिगा आजदेखि पुनः सुरु हुँदै

३ मंसिर,काठमाडौं । फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु शुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ ।

शुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्ते बीच प्रतिस्पर्धा हुनेछ । रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली एथलेटिक पनि स्पष्ट जीत निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ ।

एथलेटिक अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको एथलेटिकले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.