प्रधानमन्त्रीले बाह्य लगानीका टेलिभिजनको उद्घाटन गरेर कानुन विपरित काम गरेको नेकपा एमाले का प्रवक्ता ज्ञवालीको टिप्पणी

६ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीेले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गर्नु भएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो ? भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गर्नुभयो ।

प्रवक्ता ज्ञवालीले कानुनसम्मत,विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.