चितुवाको छाला सहित ४ जना पक्राउ

६ मंसिर,सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरसँग जोडिएको बराहताल गाउँपालिका ५ बाट अवैध चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा अछाम जिल्ला पंचदेवल नगरपालिका ८ का कमल शाही, सोहि ठाउँका चक्रबहादुर शाही, अछाम रामारोशन गाउँपालिका ४ का ओपेन्द्र शाह र दैलेख चामुन्डा विन्द्रासैनी नगरपालिका ४ का बिमल शाही रहेका छन् ।

पक्राउ गरिएकाहरुलाई वन्यजन्तु संरक्षण ऐन अनुसार जिल्ला बन कार्यालयको जिम्मा लगाएर मुद्धा चलाउने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.