देशभरका ३० स्थानीय तहले चालू आर्थिक वर्षको बजेट अझै ल्याएनन्

६ मंसिर,काठमाडौं । देशभरका ३० वटा स्थानीय तहले आर्थिक वर्ष २०७८-०७९ को बजेट अझै पेश गरेका छैनन् ।

चालु आर्थिक वर्षको चार महिना बितिसक्दा समेत ती स्थानीय तहले बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार सबै स्थानीय तहले १० असारभित्र बजेट ल्याउनै पर्ने र बजेट पारित नगरी कुनै पनि खर्च गर्न पाइँदैन ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ का २५ स्थानीय तहले बजेट पेश गरेका छैनन् । १ सय ३६ स्थानीय तहमध्ये २५ स्थानीय तहले बजेट पेश गर्न नसकेका हुन् । मन्त्रालयले स्थानीय तहलाई समयमै बजेट ल्याउनका लागि दुईपटक परिपत्र गरिसकेको जनाएको छ । तर पनि बेवास्ता गर्दै स्थानीय तहले बजेट ल्याउन नसकेको मन्त्रालयको ठहर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.