सोमबार हुन नसकेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज

७ मसिंर,काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सुरु हुन नसकेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज सुरू हुने भएको छ ।

मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ । यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.