प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा नयाँ नेतृत्व चयन

७ मसिंर,काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ ।
सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनबाट ७३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित हुनुभएको छ । परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ । अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६५८ मतले पराजित हुनुभएको छ ।
यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी हुनुभएको छ । उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित हुनुहुन्छ । डडेल्धुरामा पुनःनिर्वाचन हुनुपर्ने माग राखेर मल्ल समूह पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ ।
प्रतिक्रिया राख्नुहोस्