बाबुले गरे आफ्नै छोराछोरीमाथि एसिड प्रहार

७ मसिंर,काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजारमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरेका छन् ।

सोमबार राती करिब पौने ९ बजेको समयमा मादक पदार्थ सेवन गरेका वर्ष अन्दाजी ५५ का मोहन बराइलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि एसिड प्रहार गरेका हुन् । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने छोरा र छोरीलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।

छोरीको अवस्था सामान्य रहेको भए पनि छोराको अवस्था भने केही गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.