अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदायमार्फत सहायता सामग्री पठाउन सुरु

७ मसिंर,काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउन थालेको छ ।

मुख्यगरी अफगानिस्तानमा खाद्यान्न, लत्ताकपडा र औषधि पठाउन थालिएको हो । इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगान प्रान्त नान्गाहार पुगेको प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले बताउनुभएको छ । इरान सरकारले अफगानिस्तानका नागरिकका लागि जाडो मौसममा आवश्यक न्यानो कपडा पठाएको छ ।

चीनले पनि अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाएको छ । एक हजार टन सामग्री पठाइएको चिनियाँ अधिकारीलाई उदृत गरी समाचार संस्था सिह्वाले जनाएको छ । अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि त्यहाँका नागरिक समस्यामा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.