श्रम स्वीकृतिमा गुनासो बढ्दै

७ मसिंर,काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ ।

श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नु परेको सेवाग्राहीको गुनासो छ । गुनासो बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई ४ बुँदे निर्देशन दिएको हो ।

आवश्यकता अनुसार अनलाइन टोकन प्रणालीमा संख्या बढाउन र चाप अनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशन अनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.